हिन्दु राष्ट्रको माग गर्दै जनकपुरधाममा र्‍याली

समाचार

       

जनकपुरधाम । हिन्दु राष्ट्रको माग गर्दै जनकपुरधाममा र्‍याली निकालिएको छ । बाजागाजा सहित ‘हाम्रो राष्ट्र हाम्रो पहिचान, राजसंस्था र हिन्दू राष्ट्र हाम्रो अभियान’ नाराका साथ आज नेपाल राष्ट्रवादी समुह धनुषाले र्‍याली निकालेको छ ।

जनकपुरधामको जनकचोकबाट निकालिएको र्‍यालीमा बालबालिका देखि ज्येष्ठ नागरिक सम्मको सहभागिता रहेको थियो । जनक चोकबाट निकालिएको र्‍याली नगर परिक्रमा गरि पुनः जनकचोकमा पुगि कोणसभामा परिणत भएको थियो ।

धर्मनिरपेक्षताले मुलुकमा हिन्दु धर्म प्रति वितृष्णा फैलाएकाले हिन्दु राष्ट्र कायम गर्नुपर्ने समुहका धनुषा संयोजक कारी यादव सुमनले माग गरे ।

 

 

 

 

तपाईको प्रतिक्रिया