बलात्कार र हत्याको आरोपमा पक्राउ

समाचार

       

रौतहट, ३० असोज । बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

गत असोज १६ गते रौतहटको बृन्दावन नगरपालिकाको उखुबारीमा सन्जु कुमारी साहको जबरजस्ती करणी गरी हत्या भएको थियो । बलात्कार र हत्या आरोपमा बृन्दावन–४ पल्टुवाका ४५ वर्षीय चुन साह तेलीलाइ प्रहरीले सार्वजनिक गरेको हो । रौतहट गढीमाई नगरपालिका–१ समनपुरका सीताराम साहको १४ वर्षकी सन्जा कुमारी साहको शव शंकास्पद अवस्थामा फेला परेको थियो । अभियुक्त साहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरले सार्वजनिक गरेको हो ।

वृन्दावन नगरपालिका–४ पलटुवाटोल मामाघरमा बसेकी सन्जा कुमारीको सोही गाउँका होस नारायण यादवको उखुबारीमा शव फेला थियो । जिल्ला अदालत गौरबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दि ए।

तपाईको प्रतिक्रिया