भारतको सहयोगमा मानव अधिकार परिषदमा नेपाल पुन : निर्वाचित

समाचार

       

काठमाडौं, ३० असोज । भारतसहितका देशले सहयोग गरेपपछि नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा पुनः निर्वाचित भएको छ ।

राष्ट्रसंघीय कार्यालय न्युयोर्कमा भएको मतदानमा नेपाल १५० मत ल्याएर परिषद सदस्यमा फेरि निर्वाचित भएको हो । परराष्ट्रय मन्त्रालयका अनुसार नेपालका दुवै छिमेकी चीन र भारतसहित १५० देशको मतले नेपाल परिषद् सदस्यमा फेरि निर्वाचित भएको छ । यसअघि भारतलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को अस्थायी सदस्य बनाउन नेपालले पनि पक्षमा मतदान गरेको थियो ।

नेपालसँगै एसिया प्यासेफिक क्षेत्रबाट चीन र उज्वेकस्तान पनि परिषद सदस्य चुनिएका छन् । नेपाल सन् २०१८ पनि परिषद् सदस्य निर्वाचित भएको थियो । नेपालले अब सन् २०२३ सम्म परिषद् सदस्यका रूपमा काम गर्नेछ ।

तपाईको प्रतिक्रिया