जसपाको केन्द्रीय कार्यकारिणी सभा बैठक सुरु

राजनीति

       

काठमाडौं, ३ कात्तिक । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबारबाट ललितपुरमा सुरु भएको छ । ललितपुरको च्यासलमा रहेको तुल्सीलाल अमात्य प्रतिष्ठानमा जारी बैठक आज र भोलि दुई दिन चल्नेछ । बैठकका लागि विधान संशोधन, केन्द्रीय समिति र संघीय परिषद्को विस्तार तथा कार्यविभाजन, समायोजनलगायत एजेन्‍डा तय भएको जसपा कार्यकारिणी समिति सदस्य केशव झाले बताए ।

बैठकले पार्टीको अन्तरिम विधान संशोधन गर्ने विषयमा छलफल गर्दैछ । बैठकबाट पार्टीले विधान संशोधन गर्न लागेको हो । विधान अनुसार केन्द्रीय समितिको संख्या ७०१ रहेको छ, त्यसलाई बढाएर ८ सय सदस्यीय बनाउन लागिएको हो ।

गत बैशाखमा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल गठन भएको थियो । विधानअनुसार ७०१ जनाको केन्द्रीय समिति बनाउनुपर्ने तर राजपा नेपालबाट आवश्यकताभन्दा बढी नाम जसपामा गएकोले त्यसलाई मिलाउनका लागि ७०१ बाट ८ सय बनाएको लागिएको हो ।

गत असार अन्तिम साता तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएर जसपा निर्माण भएको थियो ।

केन्द्रीय समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन् । त्यस्तै, राजेन्द्र महतो, अशोककुमार झा, बाबुराम भट्टराई वरिष्ठ नेता छन् । अध्यक्ष दुई र वरिष्ठ नेता तीनबाहेक ५१ सदस्यीय कार्यकारिणीसभामा ४६ जना सदस्य छन् ।

तपाईको प्रतिक्रिया