सिद्धार्थ बैंकले गर्‍यो पुस्तकालय विकासका लागि रकम सहयोग

अर्थ/वाणिज्य

       

काठमाडौं, २७ कार्तिक । सिद्धार्थ बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई सहयोग गरेको छ ।

उक्त बैंकले समितिलाई पाँच लाख रुपैयाँ सहयोग गरिएको हो । सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका हुन् ।

सो रकम सामुदायिक विकास समितिले सुविधानगरस्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तकहरु थप गर्न र कम्पयुटर खरिद गरि प्रभावकारी व्यवस्थापन गर्नका लागि उपयोग गर्नेछ । स्थापनाकालदेखि नै सुविधानगर क्षेत्रभित्र विभिन्न सामाजिक कार्य गर्दै आएको उक्त समितिलाई प्रदान गरिएको सो रकम सहयोगबाट शिक्षाको क्षेत्रमा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरुमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया