मैतीदेवी चोकमास्थित नेचर सुपरमार्केट सञ्चालनमा

अर्थ/वाणिज्य

       

काठमाडौं, २७ कार्तिक । सुपथ मुल्यमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने उद्देश्यले काठमाडौंको मैतीदेवी चोकमा नेचर सुपरमार्केट सञ्चालनमा आएको छ ।

‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ काठमाडौंको मैतीदेवी चोकमा व्यावसायिक क्षेत्रमा तीन दशक लामो अनुभव संघालेका व्यवसायीहरुको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रालि’ सुरु गरेको छ ।

पभोक्ताहरुको चाहानाअनुसार काठमाडौं उपत्यकाभर होम डेलिभरीको सुविधा साथै बजारको माग र आम उपभोक्ताको आवश्यकताअनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराउन सुपर मार्केट सुरु गरिएको कम्पनीका अध्यक्ष जनक धामीले बताए ।

नेचर सुपरले एक वर्ष भित्रमा काठमाडौं उपत्यकामा १० वटा शाखा विस्तार गर्ने लक्ष्य राखेको छ । पाँच वर्ष भित्रकाठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा बिस्तार गर्ने उद्देश्यले काम भैरहेको सञ्चालकको भनाइ छ । काठमाडौं उपत्यकापछि देशका प्रमुख शहरहरुमा नेचर सुपरमार्केटको शाखा विस्तार गर्ने उद्देश्य राखेको छ ।

 

तपाईको प्रतिक्रिया