सनराइज बैंकको बागलुङमा सेवा विस्तार

अर्थ/वाणिज्य

       

काठमाडौं, ३ मंसिर। सनराइज बैंकले बागलुङमा १३९औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बागलुङ नगरपालिका वडा नं २ मा शाखा खोलेको हो ।

यस्तै बैंकले बाँकेको बैजनाथ गाउँपालिका–७ बनकटुवामा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा बैजनाथ वडा नं ७ का कार्यकारी वडा अध्यक्ष गोपाल थारुको उपस्थिति रहेको थियो । बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि नरेन्द्रकुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी सञ्चालनमा ल्याएको हो ।

उक्त सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवाको सञ्चालनसँगै बैंकको १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटिएमहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया