सानिमा बैंकको १६औं साधारणसभा सम्पन्न

अर्थ/वाणिज्य

       

काठमाडौं, ३ मंसिर । सानिमा बैंक लिमिटेडले शुक्रबार आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

विश्वभर फैलिएको कोभिड १९का कारण सरकारले तोकेको सीमा भित्र सेयरधनी उपस्थित भएका थिए भने बाँकी सेयरधनी भर्चुअल माध्यमबाट सहभागी भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७८ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

तपाईको प्रतिक्रिया