सिटिजन्स बैंकको १४औं वार्षिक साधारणसभा मंसिर २० गते

अर्थ/वाणिज्य

       

काठमाडौं, ३ मंसिर । सिटिजन्स बैंक रुइन्टरनेसनल लिमिटेडले यही मंसीर २० गते १४औं वार्षिक साधारणसभा गर्ने भएको छ ।

बैंकका अनुसार सञ्चालक समितिको यही कात्तिक २८ गते बसेको तीन सय ४७औं बैठकले कोभिड–१९ का कारण पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै नवीन शैली प्रयोगम ल्याउँदै डिजिटल प्लाटफर्ममार्फत चौधौं वार्षिक साधारणसभा गर्ने गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत लाभांश दिने भएको छ ।

सञ्चालक समितिबाट प्रस्ताव गरेअनुसार आठ प्रतिशतका दरले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार तीन सय ८३ रुपैयाँ १८ पैसाबराबरको बोनस सेयर वितरण गर्ने र तीन प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४ हजार पाँच सय १८ रुपैयाँ ६९ पैसाबराबरको नगद लाभांश ९लाभांश कर समेत० बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ । बैंकले हाल देशभरि फैलिएका आफ्ना एक सय ११ वटा शाखा, ९९ वटा एटीएम र एक सय चारवटा शाखारहित बैैकिङ एकाइहरूबाट करिब साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।  कोरोना भाइरस ९कोभिड १९० को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथ ड्र सेवा मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ ।  साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरूलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकहरूलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ ।

यसप्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

तपाईको प्रतिक्रिया