राप्रपा संयुक्तको जिल्ला अध्यक्षसहित ५४ नेता कांग्रेसमा प्रवेश

राजनीति

मणि प्रसाद गैहे

       

कपिलवस्तु, ८ मंसिर । राप्रपा संयुक्तका जिल्ला अध्यक्ष राम आशिष पाण्डेयसहित ५४ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मुलुक अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेका बेला आफ्ना पार्टीका केन्द्रीय नेताहरुले कुनै ठोस कदम चाल्न नसकेको भन्दै देशमा निकास र लोकतन्त्रको रक्षाका लागि भन्दै राप्रपा संयुक्तको जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यसहित ५४ जना नै पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

जिल्ला अध्यक्षसहित जिल्ला समितिका पदाधिकारी र जिल्लास्तरीय नेता प्रवेश गरेको र अन्य तह र तप्काका सबै सदस्यहरु पनि स्वतः पार्टीमा प्रवेश गरेका अध्यक्ष पाण्डेयले बताए ।

नेपाली कांग्रेस कपिलवस्तुको तौलिहवास्थित पार्टीका कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा संयुक्त परित्याग गरी प्रबेश गरेका ५४ जनालाई नै पार्टीका केन्द्रीय सदस्य तथा सांसद अतहर कमाल, कांग्रेसका वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद अभिषेक प्रताप शाह, राजेश सिंह, पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्य लगायतले उनीहरुलाई खादा ओढाई अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा नै उनीहरुलाई पार्टीको साधारण सदस्यता समेत प्रदान गरिएको थियो । रापपा संयुक्तका पार्टी उपाध्यक्ष साजिद अली, सचिव तारा प्रसाद मिश्रा, सहसचिव राधेश्याम यादव, कोषाध्यक्ष काशिराम यादव, प्रवक्ता अर्थ बहादुर बिष्ट लगायतले कांग्रेस प्रवेश गरेका थिए ।

सो अवसरमा पार्टीका केन्द्रीय सदस्य अतहर कमालले नेकपाको दुई तिहाई सरकारबाट जनता आक्रान्त भएका बेला राप्रपा संयुक्त नेताहरु कांग्रेसमा प्रवेश गरे पछि पार्टी झन् सशक्तरुपम अघि बढने बताए ।

उनले अब लोकतन्त्रको रक्षा र जनताको सवालमा सबै मिलेर सशक्तरुमा अघि बढ्नु पर्ने बताए । कांग्रेस केन्द्रीय आमन्त्रित सदस्य अभिषेक प्रताप शाहले राप्रपा संयुक्तका नेताहरुले कांग्रेसमा प्रवेश गरेर ठीक निर्णय लिएको बताए ।

सो अवसरमा कांग्रेस केन्द्रिय आमन्त्रित सदस्य तथा राप्रपा संयुक्तका पुर्व केन्द्रिय सदस्य राजेश सिंहले जन सवालमा बर्तमान सरकार पुर्णतय असफल भएको र सरकारले हरेक क्षेत्रमा हस्क्षेप गरी मुलुकलाई नै बर्वाद गर्न खोजेका बेला त्यस बिरुद्ध आवाज बुलन्द गर्न कांग्रेसमा प्रबेश गरेको उनले बताए ।

सो अवसरमा कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले नव आगन्तुक पार्टी सदस्यहरुलाई उचित स्थान दिइने बताए । पार्टी सभापति सरेन्द्र आचार्यको अध्यक्षता, बिरेन्द्र मिश्राको संचालनमा भएको कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति राजेश आचार्य सुधाकर पाण्डेय लगायतले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया