जसपाले दसैं भत्ता फिर्ता गर्ने

राजनीति

       

काठमाडौं, ११ मंसिर । जसपाले पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने भएको छ । जसपाले भत्ता फिर्ताको आग्रह गरेर संसद सचिवालयलाई पत्र लेखेको हो ।

जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको ३ र ४ कात्तिको निर्णय अनुसार दसैं भत्ता फिर्ता निर्णय भएको बताए । जसपाका ३४ सांसद मध्ये हरिनारायण रौनियार निलम्बनमा परेका छन् भने रेशम चौधरी जेलमा छन् ।

तपाईको प्रतिक्रिया