जाजरकोटको कालीमाटी बजारमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालनमा

अर्थ/वाणिज्य

       

काठमाडौं, २८ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटको नलगाड नगरपालिकास्थित कालीमाटी बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यसै क्रममा बैंकले यही पुस २४ गतेबाट १०७ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो ।

उक्त शाखारहित बैंकिङका लागि स्थानीय व्यवसायी अमरबहादुर बोहोरालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उदेश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तारलाई तीव्रता दिइएको पनि बैंकको भनाइ छ ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले राखेको छ ।

यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखिय विश्वास विश्वास एवं बैकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

तपाईको प्रतिक्रिया