कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

समाचार

       

कपिलवस्तु, २९ पुस । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा लु.१० प ७४३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका–२ गोरुसिंगे थारुगाउँ बस्ने २८ वर्षीय सुरेन्द्र थारु र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय टिकाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सुरेन्द्रको जिल्ला अस्पताल तौलिहवामा र टिकारामको मर्सिसिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया