शान्ति समाजद्वारा विपन्न तथा दलित परिवारलाई कम्बल वितरण

समाचार

       

मोरङ, २९ पुस । मानव अधिकार तथा शान्ति समाज मोरङले ज्येष्ठ नागरिक, विपन्न तथा दलित परिवारलाई कम्बल वितरण गरेको छ ।

शान्ति समाज मोरङ शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लगायतकोे सहयोगमा कटहरी गाउँपालिका वडा नं. ७ का जेष्ठ नागरिक, विपन्न दलित परिवारलाई ३१५ थान कम्बल र ३५ थान सल बितरण गरिएको जनाइएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले शान्ति समाजले गर्दै आएको सेवामुखी कार्यको निरन्तरता स्वरुप भविष्यमा दलित विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिने सोच रहेको बताए ।

मोरङ शाखा उपसभापति निर्मला सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, पर्सा शाखा सभापति अमर गौतम, अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे लगायत जनप्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया