नेपाल–भारतका विषयमा विमर्श

समाचार

       

काठमाडौं, २९ पुस । भारतको बिहार राज्यको पूर्वी चम्पारणको हरिसिद्धिमा नेपाल–भारत मैत्री संवाद सम्पन्न भएको छ ।

मिडिया फर बोर्डर हार्मोनी हरसिद्धिद्वारा नेपाल–भारतको पछिल्लो सम्बन्धमा उत्पन्न समस्या तथा त्यसको निदान विषयक संवाद कार्यक्रम चम्पारण बंकेट रिसोर्टमा सम्पन्न भएको हो । जसमा दुवै देशका राजनीतिक दलका नेता, पत्रकार तथा अगुवाहरुको सहभागिता थियो ।

कार्यक्रममा वक्ताहरुले कोरोना महामारीले गर्दा सीमा क्षेत्रमा उत्पन्न समस्या सामाधान गर्न दुवै देशका सरकारलाई १४ बुँदे माग मिडिया फर बोर्डर हार्मोनी भारतका अध्यक्ष पत्रकार अमरेन्द्र तिवारीले प्रस्तुत गरेका थिए । जसमा नेपालका लागि भारतले कोरोना खोप उपलब्ध गराउनुपर्ने, नेपाल सरकारले एकलौटीरुपमा जारी राखेको लकडाउन खुला गर्नुपर्ने, नेपाल–भारतबीचको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक सम्बन्धलाई अझै मजबुत बनाउनुपर्ने विभिन्न माग राखिएको थियो ।

कार्यक्रममा मुजफफरपुरका भारतीय जनता पार्टी (भाजपा) सांसद अजयकुमार निषाद, पर्साका पूर्व सांसद प्रदीप यादव, वीरगञ्जका पत्रकार चन्द्रकिशोर, हरिसिद्धि क्षेत्रका बिजेपी विधायक कृष्णनन्दन पासवान, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, प्रदेश सांसद ओमप्रकाश शर्मा, भाजपाका पूर्वी चम्पारण पूर्वी जिल्ला अध्यक्ष राजेन्द्र गुप्ता, प्रदेश सांसद करीमा बेगम, रमेश कुर्मी, मिडिया फर बोर्डर हार्मोनी नेपालका अध्यक्ष अनिल तिवारी, वरिष्ठ पत्रकार कन्हैयालाल केशरी, पत्रकार रितेश त्रिपाठी, राम सर्राफलगायतले नेपाल र भारतको सम्बन्धका विषयमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया