मैथिली फिल्म ‘बृद्धा पेन्सन’ प्रदर्शनको तयारीमा

कला/संस्कृति

कमल मण्डल

       

काठमाडौं, २ माघ । मैथिली कला क्षेत्रका हास्य सम्राट बि.एन. पटेल आफ्नो दर्शक स्रोताहरुका लागि समय–समयमा समाजमा घटिरहेको विभिन्न घटनाहरुलाई नाटक अथवा भिडियो मार्फत प्रस्तुत गर्दे आइरहेको छ ।

यसपाली पनि केही अलग किसिमको प्रस्तुतिको साथ आएका छन् । मैथिली समाजमा वर्तमानमा बृद्ध र युवा बिचकोे सम्बन्धलाई जस्ताको त्यस्तै चित्रण गरेका छन् ।

यस सिनेमाको कथा, पटकथा, गीत र निर्देशन समेतको जिम्मा बि.एन. पटेल लिएका छन् । मिथिलाञ्चलको चर्चित गायक भागवत मण्डल, ललित कामत र ममता राजको स्वरमा सजेको सुमधुर गीतमा संगीत रोहित प्रमोदको रहेको छ ।

यस सिनेमामा कलाकार बि. एन. पटेल, रिना यादव, प्रदिप महतो, ज्योती झा, राजन पटेल, माही खान, बद्री राउत, कौशल्या ठाकुर, दुर्गा देवी, राजु सर्राफ, अजय यादव, सन्तोष लगायतका कलाकारहरुको अभिनय रहेका छन् ।

छायांकन गजन्द्र गज्जू, ड्रोन कैमरा राजु श्राफ र शिव थारूको रहेका छन् भने नृत्य निर्देशक निरज चौधरीको रहेको छ । त्यस्तै प्रोडक्सन मैनेजर भागचरण यादव रहेका छन् ।

सिनेमा ‘बृद्धा पेंशन’ केही ठाउ“मा च्यारिटीको रुपमा प्रदर्शन भएपनि केही दिनपछि हलमा पनि रिलिज गर्ने कुरा निर्देशक पटेलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया