आइएमई ट्राभल्सको २५औं वार्षिकोत्सव

अर्थ/वाणिज्य

       

काठमाडौं, २३ माघ । आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को कार्यालय प्रयोजनार्थ निर्माणाधीन भवनको सहयोगका लागि रू. १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।

ट्राभल्सको केन्द्रीय कार्यालय काठमाडौंमा बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम बराबरको चेक नाट्टाका प्रथम उपाध्यक्ष विनय बस्नेतलाई हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा आइएमई ट्राभल्सका संचालकद्वय सरिता ढकाल एवम् अर्जुन शर्मा पौडेल, प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटा र नाट्टाका महासचिव सुधिर उपाध्यायको उपस्थिति रहेको थियो ।

साथै, आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसर पारेर पर्यटन विकासमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले आन्तरिक पर्यटकहरूलाई लक्षित गर्दै बिभिन्न ग्राहकमूखी योजना ल्याएको छ ।

बैंकिङ्ग, रेमिटेन्स, इन्सुरेन्सलगायतका व्यावसायिक क्षेत्रमा आफुलाई अब्बल साबित गर्दै आइरहेको आइएमई समूहले पर्यटन क्षेत्रको समग्र विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

२५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बस्तुस्थिति नियाल्ने पहिलो आँखा पर्यटन उद्योग र यससँग सम्बन्धित क्षेत्र रहेकाले सम्पूर्ण व्यवसायी मित्रहरुलाई पर्यटन बिकासका लागि जुट्न आग्रह गर्दै कोरोना महामारीका बीच स्वास्थ्य सम्बन्धि मापदण्ड पुर्णरुपमा पालना गर्दै आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदन्डभित्र रहेर अझबिशेष भूमिका खेल्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया