महिला ट्रेकिङ्ग उद्यमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान

अर्थ/वाणिज्य

       

काठमाडौं, ५ फागुन । प्रभु बैंक लिमिटेडले आइडिया स्टुडियो नेपालस“गको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।

बुधबार सम्पन्न एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उद्यमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

कोभिड–१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आयआर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उद्यमीहरुलाई ट्रेकिङ्गका लागि चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आनो उद्यमव्यवसायलाई पूनः सुचारु गर्दै जीवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास बैंकले लिएको छ ।

तपाईको प्रतिक्रिया