मिस्टर एण्ड मिस थारुको फाइनल शुक्रबार

कला/संस्कृति

       

काठमाडौं, १२ चैत । तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को फाइनल चितवनमा हुने भएको छ । शुक्रबार पूर्वी चितवनको खैरहनीस्थित डिज्नी पार्क रिसोर्टमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा गर्न लागिएको हो ।

वाईएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टले यस प्रतियोगिता आयोजना गरेको हो विगतका वर्षहरुमा सभाहल भित्र फाइनल प्रतिस्पर्धा हुने भएपनि यसपटक भने पार्कको खुल्ला चौरमा आकर्षक स्टेज बनाएर गरिने छ ।

फाइनलमा प्रतियोगीहरुको तीन सिक्वेन्समा प्रतिभा प्रस्तुत गरिने छ भने कार्यक्रम अवधिमा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत हुने वाईएसी इभेन्ट्सका इभेन्ट्स म्यानेजर जयस चौधरीले जानकारी दिए ।

प्रतियोगीहरुलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समुदायको पहिरनमा समेत स्टेजमा उतारिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने छन् ।

प्रतियोगिताको फाइनलमा मिस्टर थारुतर्फ १५ जना र मिस थारुतर्फ १७ जना प्रतियोगीहरु रहेका छन् ।

यस यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् ।

तपाईको प्रतिक्रिया