मिथिला परिक्रमा : पन्ध्रदिने धार्मिक यात्रा

विचार/दृष्टिकोण

       

ललित कुमार यादव

मिथिलाको माध्यमिकी परिक्रमा को नामले चिनिने मिथिला परिक्रमा सम्भवत विश्वमा सबै भन्दा लामो समय सम्म चल्ने धार्मिक यात्रा मध्येको एक धार्मिक यात्रा रहेको छ । मिथिलाको राजधानी एंम धार्मिक र सांस्कृतकि भूमी लगायत विभिन्न नामले समेत परिचित रहेको  ७२ कुण्ड र ५२ कुट्टीको  शहर जनकपुरधामको वरिपरी पैदल यात्रा गरी परिक्रमा यात्रा सम्पन्न गर्ने गरिन्छ । यो यात्रा नेपाल र भारत को संयूक्त यात्रा रहेको छ। यस यात्रामा जम्मा १३३ किलोमिटर दुरी पैदल तय गरिन्छ । जसमा १०७ कि.मी. नेपाल तर्फ र २६ कि.मी. भारत तर्फ पर्दछ । ऐतिहासिक , पौराणि एंम धार्मिक यात्राको रुपमा परिचित माध्यमिकी परिक्रमा लाई चौरासी कोषिय परिक्रमाको नामले समेत परिचित रहेको छ । परिक्रमालाइ मिथिलाको माहा—कुम्भ को रुपमा समेत लिने गरिन्छ ।

प्रत्येक बर्ष भगवान राम र सिताको सम्झनामा परिक्रमा यात्रा गर्ने चलन मिथिलामा रहेको छ । जानकारहरुको अनुसार ३०० बर्ष अगाडी अर्थात  १८ औँ शताब्दीदेखि  यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाउदै आएको हो ।  बृहत, माध्यमिकी र अन्तर्गृही गरी तिन प्रकारको परिक्रमा मनाउने चलन रहेको छ । यस लेखमा बृहत परिक्रमाको बारेमा उल्लेख नगरिए पनि चलनमा रहेको छ । परिक्रमामा नेपाल भारत दुबै तर्फका साधु सन्त र गृहस्थहरुको उल्लेख्य सहभागिता रहने गर्छन । परिक्रमालाई नेपाल भारत को सदभावपूर्ण धार्मिक यात्राको रुपमा समेत हेर्ने गरिन्छ ।

फाल्गुण औंसीमा हनुमाननगरमा विश्राम गरि प्रारम्भ भई फाल्गुण पुर्णिमामा जनकपुर अन्तर्गृह परिक्रमा घुमी माध्यमिकी परिक्रमाको समापन हुने गर्छ । परिक्रमा अब्धीमा १५ धार्मिक स्थलमा विश्राम गर्दै १५ दिन सम्म पैदल यात्रा गर्ने गर्दछन । १५ विश्राम स्थल मध्ये ११ नेपाल र ४ भारतमा रहेको छ । सबै विश्राम स्थल विशेष धार्मिक महत्व बोकेको स्तलहरु रहेको छ । यी स्थलहरुको महत्व राम सिता विबाह सँगै राजा जनकसँग विशेष सम्बन्ध रहेको मान्यता रहेको छ । यी स्थलहरुमा राम सिता विबाहको विभिन्न विधि सम्पन्न गरिएको मान्यता रहेको छ । यी स्थलहरु पौराणिक राज्य मिथिलाको राजधानी जनकपुरको सिमाना रहेको साथै राजा जनकले भगवान शिवको पुजा गर्ने स्थलहरु समेत रहेको मान्यता रहेको छ ।

जनकपुरबाट ३ कि.मी.को दुरीमा रहेको ठेरा कचुरी स्थित मिथिला बिहारी कुटीबाट निस्केको मिथिला बिहारी (राम जानकी ) को डोलाको नेतृत्वमा विभिन्न झाकी र किर्तन टोलि सहीत परिक्रमा यात्रा प्रराम्भ हुने चलन रहेको छ । परिक्रमामा जनकपुर स्थित अग्निकुण्ड बाट निस्केको जानकीजी को डोला लगायत विभिन्न डोलाहरुको सहभागिता रहने गर्छ । परिक्रमा अब्धीभर सहभागीहरुले भजन किर्तन सहीत विभिन्न झाँखीमा सहभागी हुने र रमाउने गर्छन।

पहिलो दिनको विश्राम स्थल जनकपुरको हनुमाननगर रहेको मिथिला परिक्रमाको दोस्रो दिनको विश्राम स्थल भारतको कलानेश्वर रहेको छ । कलानेश्वरमा शिव मन्दिर रहेको र यहा राजा जनक पुजा गर्न आउने गर्थ्यो । तेस्रो दिनको विश्राम स्थल भारतकै फुलहरको गिरिजास्था रहेको छ । गिरिजास्थानमै राम र सिताको पहिलो भेट भएको विश्वाश गरिन्छ । यहा सिता फुल टिप्न आउने गर्थिन ।

दोस्रो र तेस्रो दिनको भारत विश्रामपछि परिक्रमा यात्रा लेपालको महोत्तरी प्रवेश गर्छ । चौथो दिनको विश्राम स्थल महोत्तरीको मटिहानी रहेको छ । मटिहानीमा सिताको मटकोर भएको थियो । मटकोर मिथिलामा विबाहको क्रममा गरिने एक बिधी हो । पाँचौ दिनको विश्राम स्थल महोत्तरीको जेश्वर रहेको छ । जलेश्वर महोत्तरी जिल्लाको सदर मुकाम हो र यहा बहु चर्चित जलेश्वरनाथको मन्दिर रहेको छ । छैठौ दिनको विश्राम स्थल महोत्तरीको मडई रहेको छ । मडईमा राम र सिताको विबाह उत्सव भएको मान्यता रहेको छ । सातौ र आठौ दिनको विश्राम स्थल पनि क्रमशः महोत्तरीकै ध्रुवकुण्ड र कंचनवन रहेको छ । कंचनवनमा राम र सिताले होली खेलेको विश्वास रहेको छ । परिक्रमा यात्राको क्रममा सहभागीहरुले कंचनवन पुगी होली खेले सँगै मिथिलामा रंग र उत्सवको पर्व होली शुरु भएको मानिन्छ ।

चौथो देखि आठौ दिन सम्माको लगातार ५ दिनको महोत्तरी विश्रामपछि परिक्रमा यात्रा नेपालको धनुषा जिल्ला प्रबेश गर्छ । नबौ दिनको विश्राम स्थल धनुषाको पर्वता रहेको छ । क्षीरेश्वरनाथको दर्शन गर्दै परिक्रमा यात्रीहरु रातिको बास बस्न पर्वता पुग्ने गर्दछन । दशौ दिनको विश्राम स्थल धनुषाको धनुषाधाम रहेको छ । सिता स्वंबरको क्रममा  रामले भाँचेको धनुषको अवशेष धनुषाधाममा रहेको छ । एघारौ दिनको विश्राम स्थल धनुषको सतोषर रहेको छ । यहा सतोश्वर महादेवको मन्दिर रहेको छ । बाह्रौ दिनको विश्राम स्थल धनुषाकै औरही रहेको छ ।

नबौ दिन देखि बाह्रौ दिन सम्मको धनुषा विश्रामपछि पुनः परिक्रमा यात्रा भारत प्रबेश गर्छ । तेह्रौ दिनको विश्राम स्थल भारतको करुणा रहेको छ । करुणामा राजा जनक करुणा माहासागरमा डुबेको मान्यता रहेको छ । चौधौ दिनको विश्राम स्थल बिसौल रहेको छ । बिसौलमा परिक्रमा यात्रीहरुले करही बरी खाने चलन रहेको छ । मिथिलामा करही बरी विशेष समयमा खाने चलन रहेको छ। पन्ध्रौ दिनमा परिक्रमा यात्रीहरु पुनः कलानेश्वर हुदै जनकपुर आइ जनकपुरमा बास बस्ने गर्छन् । भोली पल्ट पुर्णिमाको दिन जनकपुरअन्तगृह परिक्रमा पश्चात परिक्रमा यात्राको समापन्न हुन्छ ।

माध्यमिकी परिक्रमामा सहभागीहरु अन्तगृह परिक्रमामा सहभागी हुनै पर्ने मान्यता रहेको छ । अन्तगृह परिक्रमामा सहभागी नभई परिक्रमा यात्रा सफल भएको मानिदैन साथै माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेकाहरु पनि  जनकपुरअन्तगृह परिक्रमामा सहभागी भई परिक्रमा यात्रामा सहभागी हुने गर्छन् । अन्तगृह परिक्रमामा सहभागी हुन समेत उल्लेख्य मात्रामा सहभागीहरु आउने गर्छन् । जनकपुरअन्तगृह परिक्रमा जनकपुर वरिपरी १५ किलोमिटरको दुरी तय गर्ने यात्रा रहेको छ । यसलाई पन्चकोषीय परिक्रमा पनि भन्ने गरिन्छ । अन्तगृह परिक्रमा समापन भएको भोली पल्ट अर्थात पुर्णिमाको भोलि पल्ट बिधिवत रुपमा होली मनाउने चलन रहेको छ तराईमा ।

परिक्रमामा सहभागीहरुको सहयताको लागि विभिन्न संघ संस्था र स्थानीय बासिन्दाले निःशूल्क स्वास्थ शिविर , खानेपानी र भोजनको व्यवस्था समेत गर्ने गरेको छ । विश्राम स्थलहरुमा यात्रीहरुको लागि विभिन्न सामाग्रीहरुको व्यवस्था गर्ने र स्वागत गर्न स्थानीय बासिन्दाको सक्रीय सहभागीता रहने गरेको छन् । परिक्रमामा सहभागी यात्रीहरु दिउसो एक विश्राम स्थलबाट अर्को विश्राम स्थलमा जाने , बास बस्न बास स्थानको व्यवस्था गर्ने , अस्थायी टहरा बनाउने र सञ्चालन हुने विभिन्न धार्मिक र सांस्कृतिक गतिविधीमा सहभागी हुने गर्छन । त्यस्तै रातको समयमा भजन किर्तन लगायतको कार्यक्रममा सहभागी हुने र आराम गर्ने गर्छन ।

lkskeshariaaryan@gmail.com 

तपाईको प्रतिक्रिया