जनमत पार्टीको प्रथम उपाध्यक्षको उम्मेदवार अब्दुल खान

राजनीति

       

काठमाडौं, २० चैत । यहि चैत २८ गते जनमत पार्टीको प्रथम महाधिवेशन प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा हुन लागेको छ ।

केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको समेत चुनावी प्रक्रियाबाट चयन गरिने निर्णयअनुसार प्रथम उपाध्यक्षको उम्मेदवार कर्मठ जुझारु, लगनशील तथा दुरदृष्टी भएका अब्दुल खानले मनोनयन पत्र दर्ता गरेका छन् ।

तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता रहेका नेता खान मधेशमा चर्चित तथा लोकप्रियता हासिल गरेका छन् ।

खान २०६८ सालदेखि निरन्तर संगठन निर्माणमा योगदान दिएका छन् । अब्दुल खानमाथि पाँच वटा देशद्रोहका मुद्दा समेत चलेको थियो ।

पूर्व मेची, पश्चिम महाकालीसम्म निरन्तर संगठन विस्तारमा लागि पर्ने खान डा.सीके राउत पछिका चर्चित व्यक्ति हुन् ।

पूर्व–पश्चिमका जनतालाई जोडने सूत्रधारको रुपमा अब्दुल खानको उम्मेदवारीलाई लिइएको छ । डा. राउतको अत्यन्त नजिक मानिने खानंको जित निश्चित छ भनी जनमत पार्टीका कार्यकर्ता बताउँछन् ।

तपाईको प्रतिक्रिया