पोखरीमा डुबेर एकको मृत्यु

समाचार

       

रुपन्देही, २५ चैत । सुद्धोधन गाउँपालिका–५ पुरेनी बस्ने ३५ वर्षीय दुहे चौधरीको सोही गाउँपालिका–२ तल्लो खैरेनीस्थित पोखरीमा डुबेर मृत्यु भएको छ ।

मंगलबार साँझ माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको हो ।

तपाईको प्रतिक्रिया