करेन्ट लागेर युवकको मृत्यु

समाचार

       

सुनसरी, २५ चैत । ईटहरी उपमहानगरपालिका–५ शान्ति चोक बस्ने ललितपुर महाकाल गाउँपालिका–४ घर भएका २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

सोही उपमहानगरपालिका–५ शान्ति चोकस्थित पोलमा डिसहोमको तार टाँग्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया