चोरीपैठारीको सामान बरामद

समाचार

       

रुपन्देही, २५ चैत । जिल्लाको सिद्वार्थनगर नगरपालिका १ बाईपासस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव १ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल, नेपाल डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया