रौतहटमा आगालागीबाट ७ लाखको क्षति

समाचार

       

रौतहट, २५ चैत । ईशनाथ नगरपालिका १ स्थित बन्जारामा भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् ।

सोही ठाउँमा रहेको ओमप्रकाश साह र रामेश्वर साहको खरले छाएको दुई वटा घरमा आगलागी हुँदा करीव ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताईएको छ ।

सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट खटिएको एपीएफ टोली आगालागी नियन्त्रणमा जुटेको थियो ।

तपाईको प्रतिक्रिया