सूर्य नेपालद्वारा एम्बुलेन्स हस्तान्तरण

अर्थ/वाणिज्य

       

काठमाडौं, २७ चैत । सूर्य नेपाल प्रा. लि सेराटार तनहुँले म्याग्दे गाउँपालिका तनहुँलाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

बिहीबार म्याग्दे गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष माया देवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी नारायण प्रसाद अधिकारी, म्याग्दे गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष बसन थापा, सुर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, एच. आर म्यानेजर अन्जन दुवाडी, कमर्सियल म्यानेजर गौतम यादव तथा सुरक्षा बिभाग प्रमुख होमनाथ अर्याल लगायतको सहभागितामा उक्त हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष माया देवी राना आले उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी, लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले समेत मन्तव्य राखेका थिए ।

सुर्य नेपाल प्रा.लि ले २०७७ असोजमा पनि शुक्लागण्डकी नगरपालिका लाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा गाउँपालिका प्रमुखले सूर्य नेपाल प्रा. लि बाट यस क्षेत्रमा भईरहेको सहयोगको उच्च मुल्यांकन गर्दै भबिस्यमा समेत यस्तै सहयोगको अपेक्षा गर्नु भयो, भने सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले पनि यस क्षेत्रको समग्र बिकासको लागी स्थानीयसंग सहकार्य गर्दै अघि बड्ने कम्पनीको नीति रहेको बताउनु भयो ।

यस क्षेत्रमा मा सूर्य नेपाल प्रा. लि ले बिगत लामो समय देखि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पुर्बाधार तथा अन्य सामाजिक बिकासका विभिन्न क्षेत्रहरूमा थुप्रै सयोग गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया