विशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

अर्थ/वाणिज्य

       

काठमाडौं, ३ बैशाख । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकास्थित वडा नं ११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

काठमाडौंस्थित विशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको शुक्रबारदेखि कारोबार सुरु भएको हो । बिशेष अदालत परिसरमा विशेष अदालत काठमाडौंका न्यायाधीश प्रेमराज कार्कीबाट एक समारोहका बीच प्रभु बैंक विशेष अदालत काठमाडौं एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका थिए ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले विशेष अदालत काठमाडौंमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित विशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र विशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखारहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

तपाईको प्रतिक्रिया