६ स्थानीय तहमा मात्र कोरोना अस्पताल

राजनीति

       

राजविराज, ९ बैशाख । कोरोना भाइरसको संक्रमणको दोस्रो लहर सुरु भइसक्दा सप्तरीका १८ मध्ये ६ वटा स्थानीय तहले मात्रै कोरोना अस्पताल सञ्चालनमा ल्याएका छन् ।

अस्पताल सञ्चालनका लागि ६ महिनाअघि नै प्रत्येक पालिकालाई १० लाख रुपैयाँ अनुुदान उपलब्ध गराइएको थियो । तैपनि ६ वटा पालिकाले मात्रै अस्पताल सञ्चालनमा ल्याएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार अहिलेसम्म कञ्चनरूप, शम्भुुनाथ, सुरुंगा, डाक्नेश्वरी, सप्तकोसी नगरपालिका, तथा तिरहुत र अग्निसाइकृष्णसवरन गाउँपालिकाले मात्रै कारोना अस्पताल सञ्चालनमा ल्याएका छन् ।

गजेन्द्रसिंह अञ्चल अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले आर्थिक अभावका कारण कोरोना परीक्षणका लागि नियुक्त गरिएका १२ जना स्वास्थ्यकर्मीलाई हटाइएको जानकारी दिए ।

अहिले दुईजना स्वयंसेवीले सेवा दिइरहेका छन् । गजेन्द्रसिंह अञ्चल अस्पताल राजविराजमा कोरोना परीक्षणका लागि नियुक्त गरिएका १२ जना कर्मचारीका लागि तलब उपलब्ध गराइदिन प्रदेश २ को सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयमा पत्राचार गरिएको छ ।

तपाईको प्रतिक्रिया