राजधानी बाहिर रहेका सांसदहरुलाई तत्काल आउन जसपाको निर्देशन

समाचार

       

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै जनता समाजवादी पार्टी नेपालले राजधानी बाहिर रहेका सांसदहरुलाई तत्काल काठमाडौं उपत्यकामा आउन निर्देशन दिएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्ना सांसदहरुलाई काठमाडौं आउन निर्देशन दिएका हुन् ।

स्रोतका अनुसार अध्यक्ष ठाकुरले राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने भन्दै सांसदहरुलाई काठमाडौं उपत्यकामा आएर बस्न निर्देशन दिएका हुन् ।

तपाईको प्रतिक्रिया