लुम्बिनीमा जसपाका दुई मन्त्रीद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

समाचार

       

रुपन्देही, २० बैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी नेपालका दुई प्रदेश सांसदले मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

सोमबार जसपाकी सांसद कल्पना पाण्डेले शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

मन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ गराए ।

तपाईको प्रतिक्रिया