अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा मैथिली फिल्म ‘मेडम जी’

कला/संस्कृति

       

राजविराज, २२ बैशाख । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भाग लिनका लागि मैथिली समुदायको यर्थात् घटनालाई विषयवस्तु बनाएर मैथिली भाषाको सर्ट फिल्म ‘मेडम जी’ को छायाँकन सम्पन्न भएको छ ।

छिन्नमस्ता फिल्मस प्रा.लि.को ब्यानरमा निर्माता तथा निर्देशक राजु चौधरी रहेको उक्त फिल्मको छायाँकन सम्पन्न भएको कुरा जानकारी दिएको छ ।

छायाँकनः गणेश मण्डल रहेको उक्त फिल्मम, कलाकारः आरके पाण्डे, रेणुका माझी, बउवालाल खंग, ईन्द्रकला देवी, कमल मण्डल, बन्दना चौधरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नशाको कुलतमा फँसेका आफ्नो श्रीमानलाई सहि बाटोमा ल्याउन गरेको मर्म स्परस अभिनय रहेको छ ।

निर्देशक राजु चौधरी मैथिली सिनेमा क्षेत्रका एक हस्तीको रुपमा परिचति नाम हो । दर्जनौं फिल्म तथा हजारौं गीतको सफल निर्देशन गरिसकेको राजु चौधरी आफ्नो फिल्मबाट निकै आशावादी रहेका छन् ।

फेस्टिभलमा मैथिली भाषाको फिल्म सहभागी हुनु नै एउटा ठूलो कुरा भएको बताउने चौधरी मैथिली, नेपाली र अंग्रेजी भाषामा समेत डबिंग गरिने कुरा जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया