जसपाको संसदीय दलको नेतामा महतो चयन

राजनीति

       

काठमाडौं, ३१ बैशाख । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् ।

वर्तमान राजनीतिक परिस्थिति र जसपा निर्माणमा महतोको योगदानलाई कदर गर्दै संसदीय दलको नेता चयन गरिएको केन्द्रीय कार्यकारिणी समितिका सदस्य डा.सुरेन्द्र झाले मधेशवाणीलाई जानकारी दिए ।

जसपा निर्माणका बेला नै महतोलाई संसदीय दलको नेता दिने भन्ने जेन्टलमेन एग्रीमेन्ट भएको कुराहरु पनि बाहिर आएका थिए । सोहीअनुसार महतोलाई जसपाका बहुमत सांसदहरुले दलको नेता चुनेका छन् ।

जसपाका १९ सांसदहरुको हस्ताक्षरबाट महतो दलको नेता चयन भएको हुन् ।

दलका नेताका लागि सर्वसहमति जुटाउने प्रयास गरिए पनि विभिन्न दाबीहरुका कारण लोकतान्त्रिक प्रक्रियाबाट बहुमतको आधारमा महतो चयन भएका हुन् ।

तपाईको प्रतिक्रिया