सन्त नेता महन्थ ठाकुर (विचार)

विचार/दृष्टिकोण

       

भोला बानिया

वर्तमान समयमा जनता समाजवादी पार्टीका दोस्रो तहका अध्यक्ष उपेन्द्र यादवका झोले कार्यकर्ताहरु सामाजिक संजालमा निकै नै भाइरल भइरहेका छन् । जसको कुनै दर्शन विचार, चिन्तन, सिद्धान्त, आदर्श देखिदैनन् । यस्ता झोलेहरु अधिकांश हजार, पाँच सय रुपैया वा चिया खाजामा बिक्नेहरु प्रशस्त देखिन्छन् । जसले पैसा दियो जसले चिया खाजा खुवायो उसको भजन मण्डली भएर सामाजिक संजालमा भजन गाइरहेको भेटिन्छन् । किनभने भजन गाएन भने अध्यक्ष ज्यूबाट पैसा पाइन्न र काठमाण्डौमा बसेर पेट पाल्न निकै गाह्रो पर्दछ । यस्ता भजन मण्डलीहरु काठमाण्डौमा मात्र सिमित नभएर देशभक्ती छरिएका छन् ।

ऐतिहासिक दृष्टिकोणबाट हेर्नेहो भने मधेशले विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान गर्दे आएको छ । मधेश राजनितीको एउटा यस्तो उर्वर भूमि हो । जहाँ विगतदेखी वर्तमान सम्म केही सिमित नेताले मधेशको नाममा लुटतन्त्र मच्चाउदै आएका छन् । आफुले भनेको गरेको जस्तो सुकै ठिक हुने तर अरुले भनेको गरेको कुरालाई राष्ट्रघाती देख्ने केही सीमित नेताहरु मधेशको नाम भजाउदै पटक पटक मन्त्रीको कुर्चीबाट हटछन् फेरी मधेशका मागहरु सम्झनामा आउन थाल्छन् अनि फेरी मधेश र मधेशीको नाममा राजनिती सुरु हुन्छ । फेरी मन्त्रीको कुर्ची पाएपछि राजनीति विसर्जन तिर लाग्छ । जुन वर्तमानमा घाम जस्तै छर्लङ्ग देखिएको छ ।

नेपालमा वि.स. २००७ सालको राजनितिक परिवर्तन पछि २००८ सालमा स्थापना भएको तराई कांग्रेसले मधेशका मानिसहरुलाई सेना, प्रहरी, निजामती कर्मचारी आदीमा समानुपातिक समावेशतिा , सम्पूर्ण मधेशलाई एउटा प्रदेश बनाउनुपर्ने , मधेशले आत्मनिर्णयको अधिकार पाउनुपर्ने, स्थानीय भाषालाई कामकाजको भाषाको रुपमा राख्नुपर्ने, स्थानीय भाषामा पढाई हुनुपर्ने, मधेशको सँस्कृतिलाई राष्ट्रिय सँस्कृतिको रुपमा मान्नुपर्ने, मधेशीहरु विभेदरहित रुपमा बाच्न पाउनुपर्ने लगाएतका माग उठाएको थियो , जुन जनता समाजवादी पार्टीका दोस्रो तहका अध्यक्ष उपेन्द्र यादव जन्मनुभन्दा ८ वर्ष अगाडी नै जोडतोडका साथ उठेको थियो ।

२०६३ सालमा मधेश आन्दोलनका नाममा पूर्वको मिथिला क्षेत्रको जनतादेखी अवध क्षेत्र सम्मको जनताहरु सडकमा उत्रियो । पहिलो मधेश आन्दोलनमा थुप्रै सर्वसाधारणहरु सडकमा उत्रिएका थिए । ति सबै प्रदर्शनकारी नेपालको मधेश क्षेत्रका बासिन्दाहरु नै थिए । राज्यको गलत नितीका कारण थुप्रै मधेशका मानिसहरु नागरिकताबाट बञ्जित रहेका थिए । पहिलो मधेश आन्दोलनमा राज्य र विपक्षी अर्थात तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल बीच २२ बुँदे सम्झौता भएको थियो । जहाँ प्रष्ट रुपमा नागरिकता सम्बन्धी विषयलाई उठान गरिएको छ ।

दोस्रो मधेश आन्दोलन मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टी मिलेर गरे जसलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलन भनियो । यतिबेला पनि तत्कालिन सरकार रमधेशी मोर्चा बिच ८ बुँदे सम्झौता भयो । जहाँ प्रष्ट रुपमा रहेको छ । की नागरिकता सम्बन्धि समस्या समाधान गर्ने । तर दुर्भाग्यबस उपेन्द यादव देशको उपप्रधानमन्त्री ३ पटक भए तर मधेशको प्रमुख समस्याको रुपमा लिइएको नागरिकता सम्बन्धि विषय मन्त्रीमण्डलबाट पारित गराउन सकेनन तिनवटै मधेश आन्दोलनको पृष्ठ भूमिलाई केलाउने हो भने नागरिकता सम्बन्न्धि विषयलाई उपेन्द्र यादव कार्यकर्ता माझ निकै बुरुक बुरुक उफ्रन्थे । तर आज नागरिकता सम्बन्धि समस्या समाधान भयो ।

जन्मसिद्धका बच्चाले वंशजको नागरिकता पाउने भए आमाको नामबाट पनि बच्चाले वंशजको नागरिकता पाउने भयो । जुन मधेशी जनताको लामो समयको त्यागपछि प्राप्त भएको छ । सन्त नेता महन्थ ठाकुरको लामो प्रयासपछि अन्ततगत्वा ओली नेतृत्वको सरकार महन्थ ठाकुरको अगाडी बुझ्न बाध्य भयो र नागरिकता सम्बन्धि विधेयकपास भयो । यसैगरी मधेश आन्दोलनका क्रममा १२० जना सर्वसाधारण माथी लगाइएका झुठा मुद्धा फिर्ता भयो । यो मधेश र मधेशीको लागि ठूलो उपलब्धी मानिन्छ ।

सरकार बाहिर बसेर पनि यति काम गराउनु चानेचुने कुरा होइन त्यसैले आज मधेशमा महन्थ ठाकुरको जय जयकार भइरहेकोछ । मधेशको मुद्धालाई सम्बोधन गराउन सरकारमा हुनुपर्ने मन्त्री बन्नुपर्ने व्यक्तिलाई ठूलो झड्का लागेको छ । यसैले त जसजति अरुले पाउने भएभनेर पानी बिनाको माछा जस्तै छट्पटाई रहेका छन् । जुन सबैको सामु उदाङ्गो छ । मधेशमा झोले नेताहरुको वृद्धि सँगै सामाजिक संजालमा दोहोरी नै चलेको देखिन्छ । सबभन्दा बढि उदन्ड पूर्व नयाशक्तिबाट आएका झोले कार्यकर्ताहरुले देखाएका छन् ।

मधेशको इतिहास , मधेशको आत्मनिर्भरता , मधेशको त्याग ,मधेशको अर्थतन्त्र मधेशको सँस्कार बारे ज्ञान नभएका अनि अध्ययन अनुसन्धान नगरेर बसेका , साझ परेपछि भठ्ठी चाहर्दै हिड्ने झोले कार्यकर्ताहरुको रवाफ हेर्दा उपेन्द्र यादवसँग सातजुनी दो्खदेखिएको घनिष्ठता जस्तो गर्न थाल्दछन् । तर ति झोलेहरुलाई यति पनि थाहा छैन की उपेन्द्र यादव यस्ता जातीवादी व्यक्ति हुन जसले ५ नम्बर प्रदेशको अध्यक्ष यादवलाई दिए २ नम्बर प्रदेशको अध्यक्ष यादवलाई दिए , १ नम्बर प्रदेशको अध्यक्ष यादवलाई बनाए, महिला संगठनको अध्यक्ष यादवलाई बनाए, युवा संगठनको अध्यक्ष यादवलाई बनाए, अधिकांश मधेशको जिल्लाको अध्यक्ष यादवलाई दिए , आफ्ना स्वकीय सचिव यादवलाई बनाए । हुँदाहुदै केही समयअघि सुनसरी जिल्ला महेन्द्र राय यादवलाई लिएर गएर पार्टी समायोजन गरेर यादवलाई नै सुनसरीको जिल्ला अध्यक्ष बनाए । उनको जातीवादको भावना वर्तमान समयमा सबैको सामु प्रष्ट हुदै गइरहेको छ । आफुले गरेको सबै काम ठीक र राम्रो हुने तर अरुले गरेको सबै काम नराम्रो र घातपुर्ण देख्ने उनको बानीले वुद्धिजिवी समाज उनी देखी टाढीन पुगेका छन् ।

मधेशको मुख्य माग नागरिकता सम्बन्धि रहेको तर वर्तमानमा पूरा हुँदा सबैले खुशी मनाउने ठाउँमा उपेन्द्रका केही झोलेहरु बेमौसमी बाजा बजाएर हिडिरहेको छन् । जुन भविष्यमा पार्टीलाई ठूलो खाडल तिर धकेल्नेछ । मधेशको अधिकार प्राप्त गर्नु सबैको लागि खुशीको कुरा हो । उपेन्द्र यादव मन्त्रीको कुर्चीको यादमा यति पागल हुन थालेछन् की जेठ ६ गते रातीमा आफ्ना निकटतम दुत मोहम्मद इस्तियाक राइलाई प्रधानमन्त्री ओलीसँग भेटन पठाएर पार्टीबाट आफ्नो नेतृत्वमा मन्त्रीमण्डल विस्तार गर्नलाई महन्थ ठाकुरलाई मनाउनु भन्न लगाएछन् तर ओलीले अस्वीकार गरेपछि हिस्सै परेर मोहम्मद इस्तियाक राइ फर्केछन् । किन भने मोहम्मद इस्तियाक पनि मन्त्रीको दौडमा छन् ।

पश्चिमबाट नेतृत्व गर्ने पार्टीमा उनीमात्रै छन् अर्कातिर मुस्लिमको सबभन्दा बढि जनसंख्या भएको जिल्ला बाँके भएकोले मुस्लिमको भोट सुरक्षित रहन्छ भन्ने मनसायले इस्तियाकलाई आफ्ना निकटतम व्यक्तिका रुपमा लिन्छन् । हरेक कुाराको सुरुवात पछि अन्त्य हुन्छ भन्ने भनाई यहाँ परिदृश्यत भएको छ । जुन तरिकाले मधेशका मानिसहरु हिजोको दिनमा उनलाई पुजने गर्दथे वर्तमान समयमा ह्रास आएको छ सरल रुपमा भन्नुपर्दा मधेशको ठेकेदारको रुपमा रहेको यादव अवमधेशको ठेक्का यहाँवाट अरुको हितमा जाने निश्चित छ । तर यसमा चिन्ता मान्नुपर्ने विषय छैन किनकी मधेशको लागि राम्रो काम गरेको खण्डमा पछि फेरी मधेशको ठेकेदार बनिन्छ ।

उपेन्द्रका झोलेहरु यति कम वुद्धि भएका छन् की दाङको गढवाका बस्ने मधेशी बाकेको नरैनापुरमा बस्ने मधेशी , कैलालीको धनगढीमा बस्ने मधेशी, कपिलबस्तुको चन्द्रौटामा बस्ने मधेशी सबैलाई विहारी देख्दछन् जबकी यि ठाउँबाट विहार कैयो सय टाढा पर्दछ अर्कातिर पश्चिममा अवधी भाषा बोलिन्छ भने विहारमा अवधी बोलिदैन । अनि सबैलाई विहारी देख्ने उपेन्द्रका झोलेहरुले उपेन्द्र यादवलाई किन बिहारी देख्दैनन् । जबकी उपेन्द्रको गृह जिल्ला सुनसरीसँग विहार जोडिएको छ । तर उपेन्द्रलाई बिहारी नदेख्ने तर पश्चिम मधेशका बासिन्दालाई विहारीको रुपमा देख्ने यस्ता झोलेहरुको वुद्धि पलाउनमा पशुपतिनाथले सहयोग गरुन् । पश्चिम मधेशले आफ्नै प्रकारको विशिष्टता बोकेको छ । त्यहाँबाट थुप्रै मानिसहरु नागरिकताको विषयलाई लिएर सहिद भएका छन् जुन उपेन्द्रका झोले कार्यकर्ताहरुले बुझ्ने कुरा हो ।

सन्त नेता महन्थ ठाकुरको उचाइमा अझै सम्म स्व. रामजनम तिवारी बाहेक अरु पुग्न सकेका छैनन् । यहा सम्मकी नेपाल सदभावना पार्टीका संस्थापक नेता गजेन्द्र नारायण सिंह पनि ठाकुरको उचाइमा पुग्न सकेनन् । महन्थ ठाकुरको मधेश प्रतिको मोहका कारण आज मधेशको मुद्धा सम्बोधन भएको छ । यदि रेशम चौधरीलाई बाहिर ल्याउन सकेको खण्डमा ठाकुरको नाम मधेशको इतिहासमा स्वर्ण अक्षरमा लेखिनेछ एउटा थारुको छोरा भएर जेल जिवन विताउनु परेको छ । तर प्रचण्डले सार्वजानिक रुपमै १५ हजार मान्छे मारेको जिम्मा लिन्छ भन्दा केही गर्न नसक्ने सरकार रेशम चौधरीलाई बाहिर ल्याउनेछ भन्ने आशा धेरैको छ ।

आफ्नो समुदायको मुक्तिको लागि गरिएको राजनैतिक आन्दोलनमा केही भटकाउने तत्वहरु सामेल भएर आन्दोलनलाई उग्रतातिर लगेको धेरैको बुझाई रहेकोछ । साँसद रेशम चौधरीलाई न्याय दिलाउन महन्थ ठाकुर निकै पहल गरिरहनु भएको छ । थारुले पनि चाँडै न्याय पाउँछ भन्ने कुरामा सम्पूर्ण देशवासी आशावादी छ । तर जनता समाजवादी पार्टीका दोस्रो तहका अध्यक्ष उपेन्द्र यादव सदनमा कहिल्यै पनि रेशमा चौधरीको बारेमा बोलेनन् । उनी सरकारमा रहदा पनि रेशम चौधरीलाई छुटाउन पहल गरेनन् जसले गर्दा धेरै थारु नेताहरु उनीदेखी रुस्ट छन् ।

थुप्रै थारु मधेशीका छोरी चेलीलाई द्धण्दकालमा बलात्कार गर्दै हिड्ने माओवादी आज उपेन्द्रको सत्ता साझेदार भएको छ । गौर घटनापछि फोरमलाई खरानी बनाइदिन आफ्ना कार्यकर्तालाई निर्देशन दिने प्रचण्ड आज उपेन्द्र यादवका घनिष्ट मित्र भएको छन् । तर हिजोदेखी सँगै आन्दोलनमा होमिएको मधेशको मुद्धालाई जोडतोडका साथ उठाउँदै आएका त्यागी नेता महन्थ ठाकुर सात जुनीको दुश्मन जस्तै भएका छन् ।

मधेशको हक अधिकारको लािग विज्ञान तथा प्राविधीको मन्त्रीको पद त्याग गरी मधेशी जनताको बिचमा आएका थिए ।यस्ता महापुरुष नेता नेपाली राजनितीमा विरलै भेटिन्छन् । जो मन्त्रीको लोभमा परेनन पद भन्दा ठूलो जनताको अधिकार हो भन्ने ठाने । वर्तमानमा केही दिन अघी मात्र प्रधानमन्त्रीको लागि एमालेले राखेको प्रस्तावलाई अस्वीकार गर्दे उनले भनेका थिए मेरो लागि पद ठूलो होइन , जनताको अधिकार ठूलो हो , जनताले अधिकार प्राप्त गर्नु नै मेरो लागि ठूलो कुरा हो ।

यस्ता महापुरुषले अधिकार दिलाउनुलाई षडयन्त्रको रुपमा देख्ने अनि राष्ट्रिय अखण्डता माथी खतरा देख्ने झोलेहरु पश्चगामी सोच भएका व्यक्तिहरु हुन । जसले आफ्नो वुद्धि विवेकलाई ब्यापक बनाउन सक्दैनन ती व्यक्तिहरु यस्तै यस्तै नकारात्मक सोचबाट थला परिरहेका हुन्छन् । यस्ताहरुको एउटै सोच रहेको हुन्छ । भजन गाउने अनी आर्थिक संकलन गर्दै हिड््ने । जसको कुनै लक्ष्य , उद्देश्य र रणनिती हुदैन ।

यस्ता भजन मण्डलीहरु अशिक्षित देखी शिक्षित सम्म रहेका छन् । यस्ताहरु विहान उठेपछि मन्दरीमा भएर पुजाआमा गर्नुको साटो कसरी आर्थिक कल्याण गर्न सकिन्छ भन्ने सम्बन्धमा दिमागलाई दौडाउन सुरु गर्दछन् । मधेशको राजनितीमा विगतदेखी वर्तमान सम्म थुप्रै यस्ता घट्ना देखिन्छ जहाँ पैसाको लागि कतिपय मानिसहरु जे गर्न जे लेख्न पनि तयार हुन्छन् । तिनीहरुबाट वर्तमानका युवाहरु सचेत हुनु जरुरी छ । अनिमात्र मधेश र मधेशीको कल्याण हुन्छ । मधेशका सच्चा सपुतहरुको वास्तविकता बाहिर आउछ , अनिमात्र मधेश अग्रगमन तिर दौडन्छ भन्ने सबैको बुझाई रहेको छ ।

तपाईको प्रतिक्रिया