उपेन्द्रको रणनीति : बाहिर विरोध, भित्रभित्रै मन्त्रालयका लागि बार्गेनिङ्ग

राजनीति

       

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको कट्टर विरोधीको रुपमा छवि बनाएका जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले भित्रभित्रै सरकारमा सहभागी हुन बार्गेनिङ्ग गरिरहेको समाचार प्राप्त भएको छ ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउनका लागि कांग्रेस, माओवादी केन्द्रसँग गठबन्धन बनाएर उपेन्दै यता पनि मन्त्री पाउने रणनीति अपनाएका छन् भने अर्को ओलीकै सरकारमा सहभागी हुन लविङ्ग गरिरहेका छन् ।

देउवाको नेतृत्वमा सरकार बन्ने आधार कमजोर हुँदै गर्दा उपेन्द्रले ओलीसँगै सरकारमा जाने बार्गेनिङ्गमा लागेको उनीनिकट एक नेता बताउँछन् ।

तीन नेताले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा भनेका छन्, ‘उपेन्द्रजी जसरी पनि सत्तामा जान लालायित हुनुहुन्छ । ओलीको सरकारबाट अपमानजक बहिर्गमनमा परेकोले उहाँले खुलेर नै विरोध गर्नुभयो तर देउवाको नेतृत्वमा सरकार बन्ने आधार बलियो नभएर अन्ततः ओलीसँग बार्गेनिङ्ग गरिरहेका छन् ।’

स्रोत भन्छ, ‘यसपटकको संसद विघटनविरुद्ध सर्वोच्चमा मुद्दा परेपनि प्रधानमन्त्री ओलीको पक्ष बलियो छ । यसपटक संसद पुनस्र्थापना हुने सम्भावना न्यून छ ।’

भनेपछि संसद पुनस्र्थापना हुने आधार कमजोर भएको देखेर उपेन्द्र यादवले आफूसहित महेन्द्र यादवलाई पनि सरकारमा सहभागी गराउनुपर्ने शर्त प्रधानमन्त्री समक्ष राखेको स्रोत बताउँछन् । यता प्रधानमन्त्री ओली उपेन्द्रप्रति सकारात्मक छैनन् ।

यदि महेन्द्र यादवलाई पनि सरकारमा सहभागी नगराए महन्थ समूह छोडेर आएका उनी पुनः महन्थकै गुट जाने अवस्था रहेको छ । महेन्द्र यादवलाई पनि एउटा मन्त्रालय दिनुपर्ने उनको इच्छा देखिएको छ ।

अहिले संसद विघटनका विरुद्ध संवैधानिक इजलासमा बहस जारी छ । सर्वोच्च अदालतले छिट्टै नै यसबारे आफ्नो निर्णय सुनाउनेछ । संसद विघटनकै पक्षमा निर्णय आउन सक्ने आधार बलियो रहेको उपेन्द्रले पनि महसुस गर्न थालेका छन् ।

पुस ५ गतेको संसद विघटन र यसपटक भएको विघटनमा धेरै अन्तर रहेको कानून विज्ञहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया