गणतन्त्र स्थापनाको १३ वर्ष पूरा

राजनीति

       

काठमाडौं, १५ जेठ । नेपाली जनताको लामो संघर्ष र बलिदानपश्चात गणतन्त्र स्थापना भएको आज १३ वर्ष पूरा भएको छ । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

सोही सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ ।

करिब अढाई सय वर्षको शाहवंशीय राज संस्थाको विधिवत अन्त्य भएको घोषणा गरिएको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आएको छ ।

गणतन्त्र स्थापनापछि संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालमा नयाँ संविधान जारी गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई हाल संस्थागत गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया