प्राइम बैंकका सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको पदावधि दुई वर्ष थप

अर्थ/वाणिज्य

       

काठमाडौं, १६ जेठ । प्राइम बैंकको सञ्चालक समितिको मिति २०७६ साल जेष्ठ २७ गते (तदनुसार १० जुन, २०१९) बसेको सञ्चालक समितिको ३६६ औं बैठकले सञ्चालक राजेन्द्र दास श्रेष्ठलाई दुई वर्षको पदावधि कायम गरी सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

पुनः यसै विषयमा सञ्चालक समितिको बैठकले श्रेष्ठको सञ्चालक समिति सदस्यको पदावधि रहुञ्जेलसम्मका लागि सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठलाई नै निरन्तरता दिने गरी जेष्ठ १४ गते (तदनुसार २८ मे, २०२१) बसेको ४२२ औं बैठकले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया