३० लाख रुपैयाँसहित दुई जना पक्राउ

समाचार

       

गौर, २७ जेठ । रौतहटमा श्रोत नखुलेको लाखौँ रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । परोहा नगरपालिका ९ रामपुरखाप स्थितमा नेपाल भारत सीमामा प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

भारतको मोतिहारी जिल्ला घोडासहन बस्ने वर्ष २२ को बन्टि कु.कलवार र २० वर्षका सुरज कलवारलाई ३० लाख ७६ हजार नेपाली रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धि विक्रम शाहले जानकारी दिए ।

श्रोत नखुलेको रकम र पक्राउ परेका २ जनामाथि थप अनुसन्धान कार्य भइरहेको शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया