लागुऔषधसहित दुई जना पक्राउ

समाचार

       

महोत्तरी, २७ जेठ । महोत्तरीको सम्सी गाउँपालिका–६ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले ३५ बोतल एक्सप्लोन र ७२ वटा पेभन स्पास प्लस ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही जिल्लाको बर्दिवास नगरपालिका–२ बस्ने २१ वर्षीय सन्जिव कुमार महतो र सोही जिल्लाकै भंगाहा नगरपालिका–३ बस्ने २७ वर्षीय विप्लव बराल छन् ।

ज ११ प २१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा उक्त लागुऔषध फेला परेको हो ।

पक्राउ परेकाहरूलाई बरामद लागुऔषध तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया