प्रधानाध्यापकमाथि कुटपिट

समाचार

       

सिरहा, २७ जेठ । सिरहामा एक प्रधानाध्यापक माथि कुटपिट गरिएको छ । सिरहा नगरपालिका वडा नं. १० स्थित नरहैया सुन्दर निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक अशेश्वर महतोमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत सिरहा नगरपालिका वडा नं. १० का वडाअध्यक्ष जुगल किशोर कामतीसँग मिलेर प्रधानाध्यापकले विद्यालयमा अनियमितता गरेको आरोप लगाउँदै केहि स्थानीय युवाहरुले कुटपिट गरेको बताइएको छ ।

विगत ३ वर्षदेखि विद्यालयको हरहिसाब सार्वजनिक गर्न भन्दै आएपनि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले आलटाल गर्दै आएको आरोपमा विद्यालयमा आयोजना गरिएको एक कार्यक्रम पश्चात केहि युवाहरुले प्रधानाध्यापकलाई कुटपिट गरेको बताइएको छ ।

विद्यालयको नयाँ भवन निर्माणका लागि १८ लाख राष्ट्रपतिबाट सहयोग आएपछि भवन निर्माणको लागि शिलान्यास कार्यक्रम राखिएको थियो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलले उक्त शिलान्यास कार्यक्रम सम्पन्न गरि गएपछि पुरानो हिसाबकिताब सम्बन्धी प्रधानाध्यापक अशेश्वर महतो र केहि युवाहरु बीच विवाद उत्पन्न भयो र सोहि क्रममा केहि युवाहरुले प्रधानाध्यापक महतोलाई कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले जनाए ।

तपाईको प्रतिक्रिया