विराटनगरमा मजदुरलाई राहत वितरण

समाचार

       

विराटनगर, २७ जेठ । के एल दुगड समुहले विराटनगर स्थित विराटनगर बसपार्कमा कार्यरत दैनिक मजदुरहरुलाई दाल, चामल, तेल, नुन लगायत खाद्य सामग्रीहरु वितरण गरेको छ ।

कोरोना महामारीले गर्दा बसपार्क स्थित दैनिक ज्यालादारी मजदुरहरुलाई राहत स्वरुप खाद्य सामग्री वितरण मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितीमा वितरण गरिएको थियो ।

के एल दुगड समूहले कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४०० जना बिरामी कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ ।

उक्त कार्यक्रम २०७८ असार मसान्तसम्म रहनेछ भने नेपालगन्ज स्थित भेरी अस्पतालमा सन्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरीरहेको छ ।

सो सहयोगले उक्त अस्पातलमा सन्चालित भोजन गृहमा जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया