स्थानीय तहको ससर्त अनुदान सच्याउन सरकार तयार : मुख्यमन्त्री राउत

समाचार

       

काठमाडौं, २७ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहलाई पठाएको ससर्त अनुदानमा सम्भव भएसम्म सच्याउने प्रतिबद्धता जनाएका छन् । प्रदेश सभामा बुधबार सम्बोधन गर्दे मुख्यमन्त्री राउत स्थानीय तहलाई प्रदेश सरकारले पठाएको ससर्त अनुदान सच्याउन हरसम्भव सरकारले प्रयास गर्ने बताए ।

प्रदेश सभामा विपक्षी दलहरुले उठाएको प्रश्नको जवाब दिदै उनले भने ‘प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतले प्रदेश सभामा गरेको प्रतिबद्धता पुरा गर्न नसक्नु लज्जास्पद हो ।’ मुख्यमन्त्री राउतले भने,‘नहुनु पर्ने काम भएको छ । कसरी भयो ? सच्याउन सकिन्छ भने सच्याएर अगाडी बढछु । रोष्टममा बोलेको कुरा इमन्दारिताका साथ पालन गर्नु पर्ने हो । पालन नगर्नु लज्जास्पद हो । सरकारबाट भएको गडबढी सच्याउन हाम्रो प्रयास रहने छ ।’ प्रदेश सांसदहरुको योजनाको काम सम्बोधन हुन नसक्नु दुःखद भएको उनले बताए ।

स्थानीय तहलाई प्रदेश सरकारले पठाउने ससर्त अनुदानको विषयमा समिति बनाएर योजना छनोट गर्न प्रदेश सरकारले कार्यविधि पनि बनाएको उल्लेख गर्दै प्रदेश सांसदहरुबाट आएको योजनाहरु सामेल गर्ने प्रयास भएपनि भुलबस छुट्न गउकोले सच्याउने प्रतिबद्धता मुख्यमन्त्री राउतले जनाएका छन् ।

प्रदेश सरकारले स्थानीय तहमा पठाउनुपर्ने बजेट, मन्त्रालयको बजेट र प्रदेश सांसद निर्वाचन क्षेत्र विकासको बजेट समयमै पठाउन ताकेता गरेपनि सम्भव नभएको मुख्यमन्त्री राउतले स्वीकारेका छन् । कर्मचारी अभाव र कर्मचारीको गलत मानसिकताका कारण बजेट समयमा नै पठाउन नसकिएको उनले बताए ।

तपाईको प्रतिक्रिया