भाकपा माक्र्सवादीका महासचिव यचुरी काठमाडौं आउने

राजनीति

       

काठमाडौँ, ७ कार्तिक । पश्चिम बंगालमा लामो समय सत्तामा रहेको भाकपा (माक्र्सवादी) का महासचिव सीताराम यचुरी यसै हप्ता काठमाडौँ आउने भएका छन् ।

नेकपाका वरिष्ठ नेता माधव नेपाल अध्यक्ष रहेको पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गर्न लागेको कार्यक्रममा सम्बोधनका लागि उनी काठमाडौँ आउन लागेका हुन् ।

आगामी शुक्रबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा हुने कार्यक्रममा यचुरीले भारतको कम्युनिष्ट आन्दोलनको अनुभवबारे सम्बोधन गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया