संविधानको मर्म र भावनाअनुसार सरकार चल्नुपर्ने गच्छदारको सुझाव

राजनीति

       

विराटनगर, ८ कार्तिक । नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधानको मर्म र भावनाअनुसार सरकार चल्नुपर्ने सुझाव दिएका छन् ।

प्रभात कृषक समूह र बूढीगङ्गा गाउँपालिकाद्वारा मोरङ सुकचारमा आयोजित कार्यक्रममा गच्छदारले सो कुरा बताएका हुन् ।

उनले मुलुकको विकास र समृद्धिका लागि सरकार संविधानको मर्म र भावनाअनुरुप अगाडि बढ्न सक्नुपर्ने धारणा राखे ।

नेता गच्छदारले मुलुकको विकास र समृद्धिका लागि सबैले अग्रसरता देखाउनुपर्नेमा जोड दिदैं थारु जातिको भाषा, संस्कृति र पर्वलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो । प्रभात कृषि समूहका अध्यक्ष राजकुमार माझीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया