संघीय सरकारले काम गर्ने वातावरण बनाएन : मुख्यमन्त्री राउत

राजनीति

       

राकेश यादव, रौतहट, ८ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबू राउत गद्दीले मधेशी, मुस्लिम, महिला, दलित, आदिवासी, थारू लगायत उत्पीडनमा परेका समुदायसँग राज्य सत्तामा गएका कुनै पनि राजनीतिक दलले सामान व्यवहार नगरी आजसम्म विभेद मात्रै गरेको बताएका छन् ।

रौतहटको सदरमुकाम गौरमा जमीअत उल्मा ए नेपालले आयोजना गरेको अल नेपाल शैक्षिक जागरण सम्मलेनमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सदियौंदेखि केन्द्रीय राज्यसत्ताको विभेदको शिकार भएका मुस्लिम, मधेशी, आदिवासीजनजाति, महिला, पिछडावर्गलाई प्रदेश सरकारले सामान अधिकारको साथै व्यवहार गर्ने दावी गरेका छन् ।

संघीय सरकारप्रति आक्रोशित हुँदै मुख्यमन्त्री राउतले मुलुक संघीयतामा गएपनि प्रदेश २ लाइ कमजोर बनाउने सडयंत्र गर्दै रहेको ठोकूवा गरे । मुस्लिम समुदायको पर्व ईद र बकर ईद को विदा कटौती गरेकोमा केन्द्र सरकारको आलोचना गर्दै केन्द्र सरकारको झुक्नु नपर्ने बताए ।

प्रदेश सरकारले विदाको व्यवस्था गरिसकेकोले संघीय सरकारको अगाडी हाथ जोड्नु नपर्ने मुख्य मंत्री राउतको कथन रहेको छ । २०४८ साल पछि बनेका जूनसुकै सरकारले मधेशमा बसोवास गर्ने ११ प्रतिशत मुस्लिमको साथ कहिलै पनि इन्साफ नगरी बेईमानी र अपहेलना मात्र गरेको टिपण्णी गरे ।

मुस्लिमलाइ नारा, भाषण र कुरामा मात्र अधिकार दिने गरेको बताउँदै मुख्यमन्त्री राउतले भोटको लागि प्रयोग गरेको उल्लेख गरे । उनले भने मुस्लिम समुदायको शिक्षा र अधिकारको सवालमा विगतमा भएका जुनसुकै पार्टीको सरकारले यस्तै व्यव्हार गरेको छ जून की वर्त्तमान सरकारले गरेका छन् ।

सरकार मुस्लिम प्रति ईमानदार भएको भए आज मुस्लिमको यस्तो अवस्था हुदैन थियो बताउँदै राउतले भाषणको लागि मंच पाएपछि ठुल्ला ठूला कुरा गरेर गईदिने पछि के वास्ता नगर्ने केन्द्रीय सरकारका मंत्री नेता हरुको काम रहेको आलोचना गरे ।

मुस्लिमको शिक्षाको स्तर माथि कसरी उठने, शिक्षामा पहुंच कसरी पुग्ने भने विषयमा प्रदेश सरकार गंभीर रहेको प्रस्ट गर्दै मुख्यमन्त्री राउतले मदरसा बोर्ड बनाएर आधुनिकीरण शिक्षा बनाउने बताए ।

प्रहरी एनको जिकिर गर्दै मुख्य मंत्री राउतले प्रदेश सरकारले ल्याएको प्रहरी एनमा सवै जातको प्रतिशतको हिसावमा आरक्षण गरिएको बताए । घरमा ,मदरसामा बाल बालिकाहरुलाई दिँदै आएको तालीमको कही कुनै ठाउमा मान्यता नपाइरहेकोले अव प्रदेश सरकारले हकÞ अधिकारको ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाए ।

मधेशी, मुस्लिम, महिला, थारू, पिछडा वर्ग, उत्पीडनमा परेका समुदायको सरकार रहेको र सबैको हकÞका लागि काम गर्दै आइरहेको बताउँदै संघीय सरकारले काम गर्न वातावरण नबनाएको प्रति आपत्ति जनाए ।

उहाले भने संघीय सरकारले प्रदेश सरकारको काम गर्ने बातावरण बनाई दिनु पर्छ । काम गर्ने बातावरण बनाई दिए पछि सशक्त प्रदेशको रुपमा प्रदेश २ हुने दावी गरे ।

मुख्यमंत्री राउतले मुस्लिमहरुलाई बाल बालिकालाइ विदेशमा काम गर्नलाइ नपठाई शिक्षा तफ ध्यानाकर्षण न गए सम्म सशक्त ,शिक्षित हुन नसक्ने धरना राखे । सानै उमेरमा काम गर्नको लागि दिल्ली ,मुंबई ,बेंगलुरु मा छोरालाइ पठाउने तथा छोरीलाइ विद्यालय जानबाट बंचित गर्ने परम्पराको अंत गरी छोरा छोरीलाइ शिक्षा हासिल गराउन सवै सित आग्रह गरे ।

उहाले प्रदेश सरकारले सवै निकायमा ५० प्रतिशत महिलाको आरक्षण गर्ने सोच बनाएको बताउँदै छोरा छोरीलाइ भैसी ,बाख्रा चराउन नपठाई शिक्षा ग्रहण गर्न मदरसा लगायत विभिन्न विद्यालयमा पठाउनु पर्ने जोड़ दिए ।

कार्यक्रममा नेपाल सरकारका शिक्षा तथा विज्ञानं प्राविधि मंत्री गिरिराज मणि पोखरेलले सरकारले मुस्लिमहरुको लागि धार्मिक शिक्षाको साथै आधुनिक शिक्षाको लागि सोच बनाएको बताए । ईद र बकर ईद को विदा काटौतिको बारेमा मंत्री पोखरेलले विगतको सरकार ले गरेको कारन जानकारी नरहेको बताए ।

संघीय सरकारले प्रदेश सरकारले ल्याएको बेटी पढ़ाउ बेटी बचाऊ अभियानलाइ समर्थन गर्दै मंत्री पोखरेलले मुस्लिमको धर्म संस्कृतिलाइ संरक्षण गर्न सवै मिलेर अघि बढ्नु पर्ने धरना राखे । विद्यालय भन्दा बाहिर रहेका बाल बालिकाहरुलाई पूर्ण रुपमा विद्यालय भर्ना गराउनु पर्ने सरकारको मुख्य लक्ष्य रहेको बताउँदै संघीय सरकार ,प्रदेश सरकार र स्थानीय सरकार मिलेर बाल बालिकाहरुलाई विद्यालय पठाउनु पर्ने बताए ।

मंत्री पोखरेल मुस्लिम समुदायका बाल बालिकाहरुको लागि ४ वटा समस्याहरुमा छोरा छोरीलाइ सरकारी विद्यालय पठाउने की मदरसामा भने छनौट गर्ने अन्यौलता रहेको छ भने दोस्रो समस्याको रुपमा समकक्षताको रहेको बताए ।

धार्मिक शिक्षा लाइ राष्ट्रको मूल प्रबाहीकरणमा निति सरकारले बनाउन सकेको छैन भने चौथो समस्या मदरसाको पाठ्य पुस्तक र पाठ्यक्रमको रहेको बताउँदै मंत्री पोखरेलले मुस्लिम अगुवाहरुलाई बाल बालिकाहरुलाई विद्यालयमा भर्ना गराउन र मदरसालाइ दर्ता गराई राज्यको मूलप्रबाहमा ल्याउन आग्रह गरे ।

पूर्व मंत्री महमद आफताव आलम , मुस्लिमहरुको बर्तमान सरकारले पहिचान समेत गरेको आरोप लगाए । पूर्व प्रधानमंत्री कृष्ण प्रसाद भटराई नेतृत्वको सरकारले दिएको ईद ,बकर ईदको विदा नेकपा नेतृत्वको सरकारले कटौती गरेर पहिचानको हत्या गरेको ठहर गर्दै पुन विदा नदीए कड़ा संघर्ष गर्ने चेतावनी दिए ।

पूर्व मंत्री तथा नेकपका नेता प्रभु साहले मुस्लिमहरुले प्राप्त गरेको अधिकार भन्दा पनि थप अधिकारको लागि सोच्नु पर्ने बताए । प्रदेश २ का भौतिक पूर्वाधार निर्माण मंत्री जीतेन्द्र सोनलले मुस्लिम, थारू, महिला ,दलितको साथै प्रदेश सशक्त नभए सम्म मुलुक कुनै पनि हालतमा सशक्त हुन नसक्ने बताए ।

प्रदेश सरकारले विदा दीदा प्रमुख जिल्ला अधिकारी र बैंकका कर्मचारी नमान्ने प्रति आक्रोशित हुदै मंत्री सोनलले प्रदेशमा सरकारी कार्यालय सञ्चालन गर्नु छ भने प्रदेश सरकारको निति नियम निर्देशनलाइ मन्नू पर्ने बताए । उहाले भने खाने प्रदेश २ को र गाउने संघीय सरकारको ।

कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मंत्री योगेंद्र यादवले राजनितिक अध्यारोलाइ चिर्दै उज्ज्यालो दिने मुस्लिम समुदायलाइ वोट को लागि मात्रै प्रयोग गरिदै आएको बताए । मुस्लिम शिक्षाको क्षेत्रमा प्रदेश सरकार लगानी गर्ने त्यार रहेको बताए ।

मौलाना मोहमद अव्दुल अजीजको अध्यक्षतामा संपन्न भएको कार्यक्रममा सहभागी भएका प्रतिनिधि सभा सदस्य देवी प्रसाद तिमिल्सिना , समीना हुसैन , प्रदेश संसद बाबूलाल साह , रामकिशोर यादव , अवबूल कलम आजाद उर्फ फूलबाबू , राष्ट्रिय मुस्लिम संघर्ष गठबंधनका संयोजक संयम अंसारीले आ आफ्नो मंतव्य राखेका थिए ।

सहभागीहरुले अधिकांश समय मुस्लिम हरुको पर्व बकर ईद ,ईद तथा हिन्दूहरुको रक्षा बंधनको संघीय सरकारले कटौती गरेको विदाको विषयमा खर्चेका थिए ।

तपाईको प्रतिक्रिया