प्रबन्धक बास्कोटा माथि कारबाही गर्न तरुण दलको माग

राजनीति

       

राकेश यादव, रौतहट, ९ कार्तिक । नेपाल तरुण दल नगर कार्य समिति रौतहट गौरका अध्यक्ष काशीलाल चौधरीले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी रौतहटको चंद्रपुर नगरपालिका वडा नंबर ५ मा संचालित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयका प्रवन्धक एवं होस्टेल वार्डेन उमेश प्रसाद बास्कोटालाइ कारबाहीको माग गरेका छन् ।

विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थी चन्दन यादवलाई निर्मम तरिकाले कुटपिट गरेकोले तरुण दलले कडा कारबाहीको मांग गरेका हुन् । छात्रावासमा बस्दै आएका छात्र यादवलाइ गत असोज २० गतेका दिन प्रवन्धक बास्कोटाले कुटपिट गरी ९ दिन सम्म थुनेर राखी यातना समेत दिएकोले कार्यवाही गर्नु पर्ने विज्ञप्तिमा उल्लेख रहेको छ ।

विद्यालय शांति क्षेत्र रहेको र भयरहित बातावरणमा शिक्षा दिनु पर्ने नेपाल सरकारको मान्यतालाइ बासकोटाले धज्जिया उडाएको विज्ञप्तिमा भनिएको छ । स्तरीय शिक्षा दीक्षा दिनुको साटोमा अध्यनरत छात्रलाइ कुटपिट गरी बाल अधिकारको हनन गर्नु को साथै मानव अधिकारको अवहेलना गरेको नगर कार्य समितिको ठहर रहेको छ ।

विद्यार्थी माथि भएको घटनाको घोर निन्दा गर्दै छिटो भन्दा छिटो घटनाको सम्वन्धमा छानविन गरी दोषी प्रवन्धकलाइ कÞानूनी दायरामा ल्याउन स्थानीय प्रशासन लगायत सम्वन्धित निकाय सित मांग गरिएको छ ।

पीडि़त छात्रका अविभावक हनुमान प्रसाद यादव ले जिल्ला प्रशासन कार्यालयमा असोज २९ गतेमा उजुरी दिएपनि हल सम्म कुनै कार्यवाही नगरिएको गुनासो गरेका छन ।

जिल्ला प्रशासन कार्यलयमा दिइएको उजुरीमा प्रवन्धक बास्कोटा अध्यन गर्ने तथा होस्टेलमा बस्ने मधेशी समुदायका विधयर्थीहरुलाई विना कारन शारीरिक तथा मानसिक यातना दिने गरेको दावी गरिएको छ । रक्सी खाएर मैने गरेका बास्कोटाले यस अघि पनि एक जना विद्यार्थीलाइ कुटपिट गर्दा स्थानीय भर भलादमीहरु बसेर ४५ हजार जरिवाना गरेको उजुरी पत्र उल्लेख गरिएको छ ।

हेटौडा नगरपालिका ४ मा घर भएका बास्कोटालाइ कार्तिक ६ गतेका दिन जिल्ला प्रहरी कार्यालय रौतहटले उपस्थितको लागि पत्राचार गर्दा पनि बास्कोटा उपस्थित नभएको पीडि़तले जनाएको छ ।

शांतिपूर्ण बातावरणमा शिक्षा हासिल गर्नु पर्ने बाल अधिकार भएको हुदा पनि भयभीत बातावरण बनाएर बाल बालिकाहरुलाई राख्नु बाल अधिकारको ठाडो उलंघन रहेको छ । यस अघि समाजवादी विद्यार्थी फोरम जिल्ला कार्य समिति रौतहटले प्रेस विज्ञप्ति जारी गरी कार्यवाहिको मांग गरेका छन ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक युवराज खडकाले यस विषयमा पत्र प्राप्त नभएको बताएका छन । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल संग मौखिक कुरो भएको बताउँदै खडकाले पत्र हेरे पछि कार्यवाही प्रक्रिया अगाडी बढाउने विषयमा जाने बताए । जिल्ला प्रहरी कार्यलय रौतहटले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नाउमा कार्तिक ६ गतेका दिन चलानी नम्बर १०६५ को पत्र पठाईसकेको छ ।

प्रहरी निरीक्षक मनोज यादवको हस्ताक्षर भएको पत्रमा कार्तिक ९ गतेका दिन प्रहरीको जिम्मा लगाई उपस्थित गराउनु होला भनी लेखिएको छ । ९ गते हाजिर गराउने भनी ६ गतेमा पठाइएको पत्रको विषयमा प्रहरी नायव उपरीक्षक खडका पत्र न हेरेको भन्दा प्रहरी कतिको अपराध नियंत्रण गर्ने विषयमा संवेदनशील रहेको सहजै अनुमान लगाऊं सकिन्छ ।

तपाईको प्रतिक्रिया