सरकारले कर आतंक सृजना गर्ने वाहेक ठोस कार्य गर्न सकेन : खांण

राजनीति

       

चन्द्रकान्त खनाल, रुपन्देही, १० कार्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले सरकारले कर आतंक सृजना गर्ने कार्य वाहेक ठोस कार्य गर्न नसकेको बताएका छन् ।

उनले भने–‘घरको कर तिर्नको लागि घर नै बेच्नुपर्ने अवस्था समेत आउन थाल्यो भन्ने गुनासो आएको छ, यसमा सरकारको ध्यान जानुआवश्यक छ । रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका खाँणले उद्योगी व्यवासयीहरुलाई समेत सकरारले आतंकित पार्ने काम गरेको भन्दै उनले सरकारलाई राज्यको शक्ति दुरुपयोग नगर्नको लागि आग्रह गरे ।

उनले भने–‘सरकारले आफ्नो गतिविधिलाई परिस्कृत गर्न नसकेकमा सरकारको स्थनियत धेरै कमजोर हुन्छ, बेलैमा ख्याल गर्नु राम्रो । खाडको भनाई थियो । काग्रेसका प्रभाबशालि नेता समेत रहेका खाडले भने दुनियामा १० बर्ष कम्युनिष्ट शासन ब्यबस्था चल्नै नसक्ने दाबि गरेका छन् । उनले कम्यूनिष्टको आचरण र शैली संबिधान बिपरित चलिरहेको भन्दै सरकारलाइ कार्यशैली सच्चाउन अनुरोध समेत गरेका छन् ।

उनले नेपालका अन्य दलहलरुले पनि यस विषयमा बेलैमा सोच्नको लागि आग्रह समेत गरे । नयँ पुस्ताले चाहेको जस्तो मुलुक निर्माणको लागि लाग्नको लागि ढिला गर्न नहुने खांणको भनाइ छ ।नेपालमा कम्यूनिष्ट पार्टीको आयुको गणना सुरु भएको तर्क गर्दै नेता खँणले द्धन्द्धान्तमक भौतिक वादको सिद्धान्त अनुसार आयुगणना सुरु भएको बताए ।एकताको प्रक्रिया सकिएपछि एक दिन नेकपा विगठन भएरै जान्छ, जस्तै ढुंगा गिट्टी बालुवाको मिश्रण पछि घर बन्छ र अहिले नेकपाको घर बन्यो तर अब त्यहि घरको आयु घट्न शुरु भै सक्यो ।’

उनले सदाकै लागि नेपालमा सासन चलाउने सपना नेकपाले नदेख्नको आग्रह गरे । उनले भने–‘नेकपा भित्र विगठनको प्रक्रिया सुरु भईसकेको छ, बुटवलमा आएर मैले बोलें, के कसरी भन्ने कुरा कम्यूनिष्ट साथीहरुले एकपटक माक्र्ससिजम पढ्नुहोला ।’पछिल्लो समयमा सरकारले गर्दै आएको गतिविधि तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्याक्तिको कारण नै नेपालमा संघीयता धरापमा परेको उनको गुनासो छ । तर संघीयतालाई दिगोपना दिनको लागि नेपाली काग्रेस लागि परेको उल्लेख गरे ।

संघीयता धरापमा परेको भन्दै उनले यसलाई दिगो रुपमा लैजानुको विकल्प नरहेको समेत बताए ।संघीयताका केहि कमी कमाजोरीहरु रहे पनि धेरै राम्रा पक्षहरु रहेको भन्दै उनले ति राम्रा पक्षलाई अगाडी बढाएर संघीयतालाई दिगो पना दिनुपर्ने उनको भनाइ छ ।संविधानमा उल्लेख भएका अधिकारहरुलाई परिमार्जन र परिस्कृत गर्नुआवश्यक रहेको छ, नेकपाले दुई तिहाईको आडमा अन्य दलको अस्थित्वलाई अस्वीकृत गर्ने परिपाटीले सरकारलाई नै घाटा हुन्छ ।’खांणले भने ।

जनतालाई बढि भन्दा बढि सम्पन्नशाली बनाउनको लागि संघीय लोकतान्त्रीक गणतन्त्र नै उत्तम विकल्प भएको भन्दै उनले पछिल्लो समयमा नेकपाको सरकारले प्रदेश, स्थानिय सरकारलाई अधिकार दिनुको सट्टा विभिन्न विवादिद कार्यगरिरहेकोमा आपत्ती जनाए । कांग्रेस केन्द्रिय सदस्य समेत रहेका खाणले प्रतिपक्ष दललाई सरकारले उचित व्यबहार नगरेकोमा दुख प्रकट गरे ।पूर्ववर्ती देउवा सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकेको र त्यसका लागि आफूले निकै ठूलो पहल गरेको उनको भनाइ छ ।

खांणले बुटवलमा नै स्थायी राजधानी बन्नेमा विस्वस्त हुनको लागि आग्रह गर्दै उनले यसमा कुनै पनि शक्तिले स्थायी राजधानी बुटवलबाट बाहिर लैजानै नसक्ने ठोकुवा गरे । प्रजातन्त्र र पत्रकारिता एकसिक्काका दुई पाटाको रुपमा स्थापित भएको भन्दै खांणले समाचार संकलन गर्दा, पत्रकारहरुको कहिल्यै पनि खुट्टा कमाउन नहुने बताए । कांग्रेस केन्द्रिय सदस्य खाणले कांग्रेसमा स्थायी गुटले दुख दिएको बताए । उनले भने—‘यो गुट कहांबाट आयो र निरन्तरता पायो म अचम्म परेको छु,यस्लाइ तोड्नु पर्दछ ।’

कांग्रेस अब नया शीरा र शक्तिका साथमा अगाडि बढ्ने बेला आएको भन्दै अबको ५ बर्षमा पहिलो शक्ति बन्ने गरि काम शुरु हुने दाबि गरे ।रिपोर्टर्स क्लव प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया