ट्राफिक व्यवस्थापनबारे सरोकारवालाहरुसँग छलफल

समाचार

       

वीरगन्ज, १७ मंसिर । वीरगन्ज महानगरपालिकाको ट्राफिक व्यवस्थापनबारे सरोकारवालाहरु गम्भिर छलफल भएको छ ।

वीरगन्ज महानगरपालिकामा सम्पन्न भएको छलफल कार्यक्रममा ट्राफिक व्यवस्थापनमा चाहिने आवश्यक सबै सहयोग महानगपालिकाले प्रदान गर्ने नगर प्रमुख विजय कुमार सरावगीले व्यक्त गरेका छन् ।

छलफलमा उनले वीरगन्जको घन्टाघरमा चाहिने डिजिटल लाइट तथा विभिन्न वोर्डहरुको व्यवस्थापनको लागी विभिन्न औधोगीत दातृसंस्थाहरुबाट व्यवस्थापन गराउने आश्वासन समेत व्यक्त गरे ।

कार्यक्रममा विरगन्ज महानगरपालिमा चलने सवारी साधनहरुको लागी विभिन्न स्टेन्डहरुको स्थलगत अवलोगकन गरी प्रतिवेदन पेश गर्न ६सदसीय समिती गठन गरिएको छ ।

साथै विभिन्न ससाना सवारीहरुको रुट व्यवस्थापन, साइकल, मोटरसाइकल लगायत साना सवारी गाडीहरुको स्टेन्ड व्यवस्थापन लगायतको बिषयमा समेत छलपल भएको थियो ।

तपाईको प्रतिक्रिया