एकल महिलालाई एक महिनाको खाद्यान्न सहयोग

समाचार

राकेश यादव

       

रौतहट, १८ मंसिर । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र प्रहरी बल बी.ओ.पी. लक्ष्मीपुर बेलबिछवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक पशुपति खनालले गरीव एवं आर्थिक अवस्था कमजोर भएकी एक वृद्ध महिलालाइ १ महिनाको खाने कुरा सहयोग उपलब्ध गराएका छन् ।

स्थानीय राजदेवी नगरपालिका वड़ा नम्बर ९ ब्रह्मपुरी निवासी ८० वर्षीय एकल महिला कुमारी देवीलाई प्रहरी निरीक्षक खनालले उक्त सहयोग दिएका हुन् ।

गरीव, असहाय, अपांग, एकल महिला, टुहुरा बालबालिकाहरुलाई सहयोग गरेमा पुण्य हुने विश्वासको साथ सशस्त्र प्रहरी निरीक्षक खनालले एक महीनाको राशन पुग्ने गरी चामल १५ किलो, पीठो, १० किलो, आलु १५ किलो, खाने तेल ६ लिटर, नून ३ किलो सहयोग दिएका छन् ।

गरीवको सहयोग गर्नु पर्छ खनालले भने हुनेको सवै हुन्छ गरीव असहायको कोही सहयोग गर्न चाहदैन । शिक्षक पेशाबाट प्रहरी सेवामा जनता र राष्ट्र सेवा गर्ने उदेश्यले आएका खनाल सामाजिक कार्यमा बढी चासो राखने गरेको पाइएको छ ।

गरीवहरु जसलाइ आफ्नो जीव यापन गर्ने कुनै आधार नभएको व्यक्तिलाइ स्थानीय सरकारले सहयोग दिनु पर्ने उनको धारणा रहेको छ ।

प्रहरी निरीक्षक खनालले उक्त महिलालाई नियमित रुपमा राशन दिने समेत बताएका छन् । मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन महान कवी लक्ष्मीप्रसाद देवकोटाको भनाइलाई एउटा प्रहरी अधिकृतले पुष्टि गरेका छन् ।

दिन र गर्न चाहे जे पनि गर्न सक्छ उनले भने । हामी त सीमाको रक्षा गर्ने अभिभाराले यहां आएका छौ यो सबै त निर्वाचित जनप्रतिनिधिहरुको ध्यान दिनु पर्ने विषय रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी निरीक्षक खनालले समाजमा रहेका यस व्यक्तिहरूलाई पत्ता लगाई सहयोग गर्नु पर्ने सुझाव दिएका छन् ।

स्थानीय युवा समाजसेवी नविन कुमार सिंहले सशस्त्र प्रहरी निरीक्षक खनालको कार्यको सराहना गर्दै यसबाट जनप्रतिनिधिहरुले पाठ सिक्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया