भारतले सन् २०२२ मा जी–२० सम्मेलन आयोजना गर्ने

समाचार

       

काठमाडौं, १८ मंसिर । सन् २०२२ को जी–२० शिखर सम्मेलनको आयोजना भारतले गर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको जी–२० शिखर सम्मेलनको तेस्रो दिनको समापन समारोहमा सो घोषणा गरेका हुन् ।

सम्मेलनका लागि भारतको पालो सन् २०२१ मा भए पनि एक वर्षपछि आफ्नो ७५ औँ स्वतन्त्रता दिवस परेकाले सो निर्णय लिएको हो । भारतको पालोमा इटालीले सम्मेलन गर्न सहमति जनाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीप्रति कृतज्ञता जनाएका हुन् ।

प्रधानमन्त्री मोदीले आफ्नो ट् िवटर एकाउन्टमा भनेका छन्, ‘सन् २०२२ मा भारतको ७५ औँ स्वतन्त्रता दिवस परेकाले इटालीलाई सन् २०२२ को सट्टा सन् २०२१ मा जी–२० सम्मेलनको आयोजना गर्न अनुरनोध गरिएको र इटालीलगायत सदस्य राष्ट्रहरुले भारतको आग्रहलाई स्वीकार गरेका छन् । यसका लागि भारत आभार प्रकट गर्दै सबै विश्व नेतालाई सन् २०२२ मा भारत आउन निमन्त्रणा दिन चाहन्छु ।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले पनि ट् िवटरमार्फत भारतले सन् २०२२ मा जी–२० शिखर सम्मेलनको आयोजना गर्ने भएको बताए ।

जी–२० सम्मेलन विश्वका उदाउँदा अर्थतन्त्रलाई एक ठाउँमा जम्मा गर्ने अन्तर्राष्ट्रिय फोरम हो । जी–२० का सदस्य राष्ट्रहरुसँग विश्वको ८५ प्रतिशत अर्थतन्त्र रहेको छ भने विश्वको दुईतिहाइ जनसंख्या रहेको छ ।

तपाईको प्रतिक्रिया