बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार

       

झापा, २४ मंसिर । स्कुल बसको ठक्करबाट झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी सडकखण्डमा एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ ।

पूर्वबाट दमकतर्फ आउँदै गरेको दमकस्थित ग्लोबल एजुकेशन एकाडेमीको को १ क२३९० नम्बरको स्कुल बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा झापा गौरा दह नगरपालिका–४ का ६२ वर्षीया निर्मला कार्कीको ज्यान गएको रहेको हो ।

तपाईको प्रतिक्रिया